22 Oct, 2024, Tue rupandehi.dcc@gmail.com (+९७७)-०७१-५२१४२३/५७०३०३
/ संक्षिप्त परिचय

संक्षिप्त परिचय

अध्यावधिक मिति २०८१ जेठ २८ गते सोमबार


रुपन्देही जिल्लाको परिचय

विश्‍व मानचित्रमा समुन्द्रि सतहबाट 152 मिटरदेखि 1219 मिटर सम्मको उचाइमा रहेको रुपन्देही जिल्ला नेपालको लुम्बिनी प्रदेशका 12 जिल्लाहरु मध्ये तराईमा पर्ने एक जिल्ला हो । यस जिल्लाको पूर्वमा नवलपरासी (बर्दघाट-सुस्ता पश्‍चिम), पश्‍चिममा कपिलवस्तु, उत्तरमा पाल्पा र दक्षिणमा भारतको उत्तर प्रदेश पर्दछ । सिद्धार्थनगर नगरपालीका, रोहीणी गाउँपालीका, मायादेवी गाउँपालिका, कोटहीमाइ गाउँपालीका मर्चवारी गाउँपालीका, सम्मरीमाई गाउँपालिका र लुम्बिनी साँस्कर्तिक नगरपालिकाको 59.5 कि.मि दुरी भारतसँगको खुला सिमाना रहेको छ ।2 नगरपालिका र 4 गाउँपालिका का केही वडाभारतको महाराजगञ्ज र सिद्धर्थनगर जिल्लासँग जोडिएका छन् । जिल्लाको दक्षिण सीमामा जोडिएका मुख्य नाकाहरु बेलहिया, भगवानपुर, मनहरापुर, अमवा, सेमरपानी, कदमहवा, खैराघाट, ठोटरी, चण्डीघाट, दुबेथुमुवा, हडवड र कालीदह रहेका छन् ।

 

 

विश्‍व शान्तिका अग्रदूत गौतम बुद्धको पवित्र जन्मस्थलको रुपमा विश्‍वमा नै परिचित यो जिल्ला ऐतिहासिक भौगोलिक एवं पर्यटकीय दृष्टिले ज्यादै महत्वपूर्ण मानिन्छ । यो जिल्ला 8301216’’ देखि 830387’’ पूर्वी देशान्तरसम्म फैलिएको छ भने 2702000’’ देखि 2704724’’ उत्तरी अक्षांशसम्म फैलिएको छ । रुपन्देही जिल्लाको कुल क्षेत्रफल 1360 वर्ग कि.मी. रहेको छ । यस जिल्लालाई चुरे क्षेत्र, भावर क्षेत्र र तराई/मधेश गरी 3 भौगोलिक क्षेत्रहरुमा विभाजन गर्न सकिन्छ ।

 

रुपन्देही जिल्लामा उष्ण र उपोष्ण प्रदेशीय हावापानी पाइन्छ । विशेषागरी वैशाख, जेषठमा ज्यादै गर्मी हुन्छ भने पुष, माघ महिनामा निकै जाडो हुन्छ ।जल तथा मौसम विज्ञान विभागका अनुसार यस जिल्लाको अधिकतम तापक्रम 43.7 से. र न्यूनतम 8.75 से. सम्म रहेको पाइन्छ । असार, श्रावण र भाद्र महिनामा वर्षा हुन्छ । वार्षिक सरदर 1391 मि.मि. वर्षा हुने गर्दछ । असोज, कार्तिक, मंसिर, फागुन र चैतमा न त्यति गर्मि हुन्छ न त्यति धेरै जाडो नै हुन्छ । 

 

धेरै धार्मिकस्थलहरु, ऐतिहासिक तथा पुरातात्विक महत्वका स्थानहरु, औद्योगिक तथा प्राविधिक क्षेत्रहरु, कृषि, वातावरण तथा जैविक विविधतायुक्त आर्थिक तथा पर्यटकीय महत्जका क्षेत्रहरु रहेको यस जिल्लाको नामकरण भगवान गौतम बुद्धसँग जोडिएको छ । गौतम बुद्धको आमा माया देवी यसै जिल्ला देवदहको भवानीपुरमा जन्मिएकी थिइन । उनी अत्यन्त सुन्दरी भएकोले उनलाई रुपिदेवी भनिन्थ्यो र त्यही शब्द रुपिदेवीबाट रुपिन्देही र रुपन्देही भएको हो भन्‍ने भनाई छ ।

 

राजनैतिक रुपले यस जिल्लामा 5 प्रतिनीधि सभा निर्वाचन क्षेत्र र 10 प्रदेश सभामा निर्वाचन क्षेत्र, 1 उपमहानगरपालिका 5 नगरपालिका र 10 गाउँपालिका गरी जम्मा 16 वटा स्थानीय तह रहेका छन् । वि.सं. 2078 को जनगणाना अनुसार 1121957 जनसंख्या रहेको छ, जसमा 550478 पुरुष र 571479 महिला रहेकाछन् ।  

थप सूचनाहरु

© Copyright DCCWEB. All Rights Reserved
अन्तिम अपडेट: २०८१ असार ३१ गते सोमबार