पदाधिकारी

श्री उमाकान्त चपाई graphic

श्री उमाकान्त चपाई

प्रमुख

पढ्नुहोस..

श्री राम कृपाल धोबी graphic

श्री राम कृपाल धोबी

उप-प्रमुख

पढ्नुहोस..

कमल ज्ञवाली graphic

कमल ज्ञवाली

जिल्ला समन्वय अधिकारी

पढ्नुहोस..

जिल्ला समन्वय समितिका पदाधिकारी तथा सदस्यज्यूहरुको नामावली graphic

जिल्ला समन्वय समितिका पदाधिकारी तथा सदस्यज्यूहरुको नामावली

पढ्नुहोस..

संक्षिप्त परिचय

नेपालको ५ नं.प्रदेश अन्तरगतका १२ जिल्लाहरु मध्ये रुपन्देही जिल्ला शान्तिका अग्रदुत गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा अवस्थित जिल्ला हो । ८३o १२"१६" देखि ८३o ३८" १६" पूर्वी देशान्तर र २७o २०" ००" देखि २७o४७"२५" उत्तरी अक्षांशमा रहेको यो जिल्ला १३६० वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको छ । यस जिल्लाको पूर्वमा नवलपरासी(पश्चिम), पश्चिममा कपिलवस्तु, उत्तरमा पाल्पा जिल्ला र दक्षिणमा भारतको उत्तर प्रदेश पर्दछ । समुद्र सतहबाट १०० मिटर देखि १२२९ मिटरको उचाईमा रहेको यस जिल्लालाई चुरे क्षेत्र, भावर क्षेत्र र तराई/मधेस गरी ३ भौगोलिक क्षेत्रहरुमा विभाजन गर्न सकिन्छ । राजनैतिक रुपले यस जिल्लालाई ५ निर्वाचनक्षेत्र, १ उप महानगर पालिका ५ नगर पालिका र १०गाउ पालिकामा विभाजन गरिएको छ । २०६८ को जनगणना अनुसार १६३९१६ घरधुरी रहेको यस जिल्लाको जनसंख्या ८८०१९६ रहेको छ जसमध्ये ४३२१९३ पुरुष र ४४८००३ महिला छन । धेरै धार्मिकस्थलहरु, ऐतिहासिक तथा पुरातात्विक महत्वका स्थानहरु, औद्योगिक तथा प्राविधिक क्षेत्रहरु, कृषि, वातावरण तथा जैविक विविधतायुक्त आर्थिक तथा पर्यटकीय महत्वका क्षेत्रहरु रहेको यस जिल्लाको नामाकरणको संवन्धमा भगवान गौतम बुद्धसंग जोडिएको छ । राजा शुद्धोधनको रानी, कोलिया राजकन्या रुपादेवी थिइन । शाक्यहरु र कोलियहरुको आवतजावत गर्दा विश्राम स्थलको रुपमा रहेको वगैचाको नाम यीनै रानीको नामवाट रुपादेवी राखियो । कालान्तरमा उक्त शब्द अपभ्रम्स हुदै रुम्विनी देई, रुमिनी देई हुदै लुम्बिनी र यसैबाट रुपन्देही जिल्लाको नाम रहेको सुन्नमा पाइन्छ । यसरी वनेको लुम्बिनी गाँउ आज पनि दक्षिण पश्चिम रुपन्देहीमा अवस्थित छ ।
थप पढ्नुहोस्
Skip to toolbar